एजेन्सी । सिलाजित (सिलाजु) पहाडी तथा भित्री मधेहरूका भीरहरूमा पाइने एक प्रकारको पदार्थ हो। यसको उपयोग विभिन्न आयुर्वेदी तथा अंग्रजी औषधी निर्मणको लागि गरिन्छ। एक दम जटिल ठाउँमा पाइने भएकाले यसलाई सजिलै प्राप्त गर्न कठिन हुन्छ।
ज्यानको बाजी लगाएर सिलाजित सङ्कलन गरेमा यसको मुल्य अन्तराष्ट्रीय बजारमा पनि धेरै छ। सिलाजित सामान्यतया २ प्रकारको पाइन्छ एक सेतो खेरो रंगको हुन्छ जसलाई सेतो सिलाजित भनिन्छ। अर्को रातो खैरो रंगको हुन्छ जसलाई रातो सिलाजित भनिन्छ।
भिरको पहरामा बगेको बेला यो तरल अवस्थामा भए पनि पछि जमेर ठोस हुन्छ। सिलाजित प्राय सबै रोगहरूको औषधी हुन्छ तर यसको उपयो फरक फरक रोग अनुसार फरक फरक तरिकाले गर्नु पर्ने हुन्छ।
कसरी खाने ?
हामीकहाँ क्याप्सुल त छैन तर सेमिसोलिट पेष्ट जस्तो हल्का लेदो पदार्थ चाहि बन्छ । एक पटकमा पाँचसय मिलिग्राम अर्थात लोकल केराउको दाना जति चम्चामा राखेर दुधसंग खाने गर्नुपर्छ । दुधले ‘सेनरजेटिक एक्सन’ बढाई दिन्छ । दुध छैन भने मनतातो पानीमा हालेर खाँदा पनि हुन्छ ।
शिलाजीतका औषधीय गुणहरु
कुनैपनि पिसाबसम्बन्धी समस्याहरु शिलाजीतको प्रयोगबाट निर्मुल पार्न सकिन्छ ।
मधुमेहका बिरामीले शिलाजीतको नियमित सेवन गर्दा धेरै लाभ पुर्याउँछ ।
बृद्ध अवस्थामा हुने शारीरिक दुर्बलता वा कमजोरीमा पनि शिलाजीतको प्रयोग उत्तम मानिन्छ ।
यौन दुर्बलता वा यौन क्षमता कमजोर छ भने पनि यसको प्रयोग उपयुक्त मानिन्छ । यसले कुनै पनि साइडइफेक्ट गर्दैन ।
फाइदा
शिलाजीतको मुख्य उद्देश्य शरीरलाई बल दिएर स्वस्थ, शक्तिशाली र पुष्ट बनाउनु हो । शिलाजीत सुक्दाखेरी गोमूत्रजस्तो गन्ध आउँछ ।यसको सेवनले सेक्स पावर मात्र बढ्ने नभई बुढ्यौलीका समस्या पनि समाधान हुन्छन् । शिलाजीत चार प्रकारका हुन्छन् : रजत, स्वर्ण, लौह र ताम्र । प्रत्येक प्रकारको शिलाजीतका गुण तथा लाभ पनि प्रकृति अनुसार नै हुन्छ । पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्त (हाइपर एसिडटी) बाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ताप, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।शिलाजीतको सेवन गर्दा रातो खुर्सानी, तातो खाना र पेयपदार्थ, मसालेदार भोजन, मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन । त्यस्तै राति जागा बस्ने, बिहान ढिलोसम्म सुत्ने, मलमूत्रको वेग रोक्ने अनि असाध्यै श्रम वा व्यायाम गने पनि गर्नु हुँदैन ।











