Ad #144479

२४ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि धनगढी विमानस्थलमा सेना परिचालन गरिएको छ । ओली धनगढी आउने भएपछि शुक्रबार बिहानै विमानस्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् भने प्रधानमन्त्रीको सुरक्षार्थ नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ।

चेकजाँचका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ। नेकपा विभाजनपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न पुग्न लागेका हुन् । ओलीको सुरक्षाका लागि पहिलोपटक धनगढीमा सेना परिचालन गरिएको हो ।