Ad #144479

२० पुस, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ।

सोमबार ५९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ।हाल देशभर ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन।