राष्ट्रिय जलवायु सम्मेलन शुक्रबार हुने

१६ पुष, सिन्धुपाल्चोक । स्थानीय गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु सम्मेलन गरिने भएको छ । जिल्ला समन्वय समिति राष्ट्रिय महासङ्घका उपाध्यक्ष सन्तमान तामाङका प्रमुख आतिथ्यतामा शुक्रबार हुने कार्यक्रममा ७७ जिससका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै विषयगत कार्यलयका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै स्थानीय तहका प्रतिनिधिलगायत अन्य सरोकार निकायको सहभागिता रहने छ ।

मेलम्ची नगरपालिका वडा नं ९ गुफाडाँडामा विगत वर्ष जस्तै यस वर्ष पनि दोस्रो जलवायु सम्मेलन, दिवस तथा अन्तक्र्रिया आयोजन गरिने जिससले जनाएको छ ।

सम्मेलनका अवसरमा यस वर्ष ७८ झण्डोत्तोलन, जलवायु परिवर्तन एवम् कोभिड –१९ सम्बन्धी सन्देशमूलक तुल प्रदर्शन र जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया गरिने सिन्धुपाल्चोक जिसस प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । विसं २०७५ को पहिलो जलवायु सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले गुफाडाँडामा उद्घाटन गर्नुभएको थियो ।

[sidebar name="button post"]