आँखा सबै प्राणीको लागि उतिकै महत्वपूर्ण र संवेदनशील अंग हो। आँखामा धुलो वा किटाणु वा फोहर पसेमा विभिन्न समस्याहरु आउन सक्छ। साथै विभिन्न मानिसलाई नजिक वा टाढाको नजर कमजोर हुने समस्या भोग्नु परेको छ।
आँखामा पसेका धुलो वा किटाणु वा फोहर हटाउन अप्नाउनुहोस् यो तरिकाहरु
आँखामा पसेको जुनसुकै धुलो वा किटाणु वा फोहर अड्केमा त्यसबाट छिटो भन्दा छिटो मुक्ती पाउन आँखा छिटो-छिटो झिम्क्याउनुहोस्। यसरी कण हट्ने सम्भावना बढी हुन्छ।
सानो कण तपाईको आँखाकोे ढकनी मुनी अड्किए आँखाको माथिल्लो ढकनीलाई हल्का बाहिर तानी तल्लो ढकनीमाथि राखिदिनुहोस् । त्यसपछि भित्रको धुलो वा कण हटाउन आँखाको गेडी तलमाथि वा दायाँबायाँ घुमाउनुहोस् । पहिलो पटकमा यो प्रबिधिले काम नगरे पनि बारम्बार दोहोर्याउनुभयो भने धुलो निसकने सम्भावना हुन्छ।
चिसो पानी लिनुहोस् र आँखामा पानी छम्किनुहोस् वा आँखा खुला गरेर बगिरहेको पानीको धारामा बिस्तारै राखेर मिच्नुहोस्। साथै सफा भाडा ( वाटा वा कटौरी ) मा सफा पानी राखेर अनुहार डुबाएर पानीभित्र हेर्नुहोस् तत्कालै आँखाको धुलो हट्नेछ।
आँखा तेजिलो पार्न के गर्ने ?
बदाम, सुप र मिश्री
बदाम, सुप र मिश्रीलाई बराबर मात्रामा पिसेर १० ग्राम जति धुलोलाई १ गिलास दुधसंग लगातार ४० दिनसम्म सुत्नु अगाडी पिउनुहोस। यो पिएको दुई घण्टासम्म केहि झोलपदार्थ नपिउनुहोला। तपाईले आफ्नो आँखाको समस्याहरु ठिक हुँदै गएको महसुस गर्नुहुनेछ।
अमला र मह
अमलामा भिटामिस ‘सी’ भरपुर मात्रामा पाइन्छ जुन आँखाको लागि निकै फाइदाकारी हुन्छ। बिहान सबेरै र बेलुका सुत्नु अघाडी महको साथमा अमलाको जुस खाएमा आँखालाई निक्कै फाइदाजनक हुनेछ।
गाँजर
गाँजरमा फस्फोरस, भिटामिन ‘ए’, भिटामिन ‘सी’ र आइरनको मात्रा प्रशस्त हुन्छ। नियमित रुपमा काँच्चो गाँजरको सलाद वा गाँजरको जुसले आँखाको समस्या घटाई आखालाई तेज बनाउन सकिन्छ।










