Ad #144479

आजका मुख्य समाचारमा

आज कति थपिए नेपालमा कोरोना संक्रमित, कतिले गुमाए ज्यान ?

८ पुस, काठमाडौँ । पछिल्लो २४ घण्टा यता नेपालमा थप ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ।

नयाँ परिवेश अनुसार कानून कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो हुनुपर्छ : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको चेतनास्तर, मूल्य, र मान्यताका आधारमा नयाँ परिवेश अनुसार कानूनहरु परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताउनुभएको छ ।

टाउको काटेर एक युवतीको वीभत्स रूपमा हत्या

 भारतको एक होटलमा एक जना युवतीको शव फेला परेको छ ।

संसदीय दलको नेतामा प्रचण्ड चयन

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

कोरियामा कोरोनाको तेस्रो महामारीः सामाजिक दूरी थप कडा  

दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेको छ ।

तरकारीखेती गरेर घरायसी र पतिको पकेट खर्च जुटाइँदै

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मीना डगौरालाई घरायसी खर्चका लागि अहिले अरुकहाँ हात फैलाउनु परेको छैन । तरकारी खेती गर्न थालेपछि उहाँलाई घरायसी खर्च चलाउन सहज भएको हो । यसअघि उहाँ अरु किसानझै खेतबारीमा परम्परागत तरिकाले धान, गहुँलगायतका अन्नबाली लगाउने गर्दथे । त्यसले परिवार खर्च धान्नसमेत मुस्किल हुन्थ्यो । घरकै लागि आवश्यक हुने तरकारीसमेत बजारबाट खरिद गर्नुपर्ने हुन्थ्यो ।

विघटनविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।

कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ३ कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ना ३ ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

परिवार दलले भन्यो, राष्ट्रलाई केन्द्रमा राखेर छलफलमा जुट्नुस

नेपाल परिवार दलले राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्वपक्षीय छलफलमा जुट्न आग्रह गरेको छ । सो दलको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य तथा सल्लाहकारको आजको बैठकले राजनीतिक दलबीच संवाद र सहकार्य गर्दै नागरिकको हितमा केन्द्रित हुन आग्रह गर्ने निर्णय गरेको हो ।

ओली समूहले सातै प्रदेशमा तत्कालै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आउँदो बर्षको मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले सातै प्रदेशमा तत्कालै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

सुनको मुल्यमा गिरावट, कति पुग्यो आज तोलामा?

निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले ९ सयले घटेको छ ।

संसद् विघटन निर्णयविरुद्ध दायर भएका १२ रिट प्रधानन्यायाधीशको एकल इजलासमा

प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई दायर भएका रिट निवेदन प्रधानन्यायाधीशको एकल इजलासमा तोकिएको हो ।

आलुको बीउ अभाव हुँदा किसान चिन्तित

 ताप्लेजुङमा आलु रोप्ने समय शुरु भए पनि आलुको बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् । आलुको बीउ भण्डारण मानिने पक्ताङलुङ गाउँपालिका– ६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो ।

बन्द रहेको हनुमानढोका खुला भएसँगै आउन थाले पर्यटक

आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको हनुमानढोका खुला भएसँगै आन्तरिक र बाह्य पर्यटक आउन थालेका हुन् ।

दाजुले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या, हत्यारा नियन्त्रणमा

आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो ।

आज देशभर आंशिक बदली रहने अनुमान

 जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक बदली रहने जनाएको छ । तराई र पहाडी भेगमा हुस्सु र कुहिरो लाग्‍ने महाशाखाले जनाएको हाे ।

तातोपानीका कुण्डमा नुहाउनका लागि स्थानीयवासीको घुइँचो

हिउँदको याम शुरु भएसँगै जिल्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासीको घुइँचो लाग्ने गरेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । खार्पु तातोपानी कुण्डमा दैनिक पाँचदेखि १० जना सम्म नुहाउन तथा तातोपानीको बाफ लिन आउने गरेको स्थानीय सम्झना शाहीले बताउनुभयो ।

छोरी बलात्कार कसुरमा बाबुलाई जन्मकैद सजाय

जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ ।

फिफाका पूर्व अध्यक्षमाथि मोटो रकम भ्रष्टाचार गरेको आरोप

 फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरमाथि फेरि भ्रष्टाचार गरेको आरोप लागेको छ । जसका कारण उनीविरुद्ध फिफाले उजुरी पनि दर्ता गरेको छ ।