३ पुस, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले ८ सयले बढेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ८ सय ५० रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।












