Ad #144479

३० मंसिर, मोरङ । पछिल्लो २४ घण्टा यता प्रदेश १ मा थप १ सय ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार गरिएको ६ सय ७४ जनाको पीसीआर परीक्षण गर्दा ६९ पुरुष र ३७ महिलाको रिपोर्ट पोजिटिभ आएको हो। यस्तै प्रदेश १ मा मंगलबार ७८ जना कोरोनामुक्त भएका छन्।

कोरोना संक्रमित थपिएका मध्य सुनसरीमा ३४, मोरङमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र तेह्रथुममा समान १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण पुष्टि भएको छ।

यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २९ हजार ८७ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ९ सय १६ पुगेको छ।