१९ मंसिर, काठमाडौं । नेपालमा आज एक हजार २७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट ती व्यक्तिहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ।












