१८ मंसिर, काठमाडौं । प्राय नेपालीहरु भन्ने गर्छन्, कि बिहान उठेपछि दुध चिया नखाए फ्रेस नै हुन्न । बिहान उठेर चिया पिउने बानी अधिकांशलाई हुन्छ तर, एकबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने सचेत रहनुहोला ।
दुध चियाले तपाईंको पेटमा ग्याँस्स्ट्रिकको सस्मस्या असाध्यै बढाउँछ । त्यसैले बिहान चियाको सट्टा मनताते पानी, वा अघिल्लो दिन तामाको भाडा राखिएको पानी स्वास्थयका लागि निकै श्रेयकर हुन्छ ।
मानिसले चिया गर्मीमा भन्दा अझ् जाडोको मौसममा धेरै चिया पिउने गर्दछन् । यसरी दैनिक खालि पेटमा चिया पिउनु हानिकारक हुनुको साथै धेरै चिया पिउनाले बिभिन्न प्रकारको रोगहरु लाग्ने गर्दछन् । धेरै व्यक्तिलाई यो कुरा थाहा नहुन पनी सक्छ अनि थाहा पाएका व्यक्तिले जानी जानी पनी अन्जान बनिरहेका हुन्छन् ।
चियाले पार्ने डरलाग्दो असर
– दुध हालेको चिया धेरै पिउने मान्छेलाई यो समाचारले दुखित बनाउन सक्छ । त्यो किनभने दुध हालेको चियाले ब्रेस्ट क्यान्सरको सम्भावनालाई समेत बढाउँदै लैजान्छ ।
– बढी तातो दुध हालेको चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तातो दुध हालेको चिया पिउनुको परिणाम मुख र पेट जोड्ने नली ड्यामेज हुन सक्छ । जसको कारण क्यान्सर नै हुन सक्ने सम्भावना हुन्छ ।
– दुध हालेको चियामा हुने अर्को हानिकारक तत्व भनेको ‘फ्लोराइड’ पनि हो । त्यसैले बढी चिया पियो भने हड्डी कमजोर बनाउँछ ।
– दुध हालेको चियाको अत्यधिक प्रयोगले शरीरमा युरिनको मात्रा बढाउँदै लैजान्छ । जसको कारण सोडियम, पोटासियमजस्ता मिनरलसमेत शरीरबाट बाहिर निस्कन थाल्छ । जसले शरीरलाई कमजोर बनाउने काम गर्छ ।
– दुध हालेको चियामा ‘टैनिक’ र टायलिन भन्ने तत्व हुन्छ । यस्तो तत्वले शरीरमा ‘इनडाइजेसन’ बनाउन सक्छ र पेटको समस्या अझ बढ्दै जान्छ ।
– दुध हालेको चियामा भएको कफिनले मानिसमा थकान उत्पन्न गर्छ । थकित शरीरले मानिसलाई जाँगरसँग काम गर्नका लागि बाधा उत्पन्न गर्छ ।









