समिता श्रेष्ठ
कक्षा १२ को परिक्षाका लागि अन्तिम तयारी भैरहेको छ । कक्षा १२ को स्थगित परिक्षा मंगलबार ९ गतेदेखि सुरु हुन लागेको हो । कोरोना महामारीले अरु धेरै क्षेत्रमा सहित शिक्षामा पनि असर पुर्याएको छ । कोरोना महामारी र जोखिम सकिएको छैन । यहि महामारीकै बिचमा पनि कक्षा १२ को परिक्षा सुरु हुन लागेको हो । परिक्षाको तयारीमा जुटेको विद्यालयले जनाएका छन् ।
शिक्षक शिवराज सन्जेल : जनभावना कलेज चापागाउँ ललितपुर
जनभावना कलेज चापागाउँ ललितपुरका शिक्षक शिवराज सन्जेलका अनुसार कोरोना महामारीकै बिच पनि राष्ट्रिय परिक्षा बोर्डको निर्देशन अनुसार परिक्षा सञ्चालन गरिदैछ । जनभावना कलेजमा परिक्षामा सहभागी हुने विद्यार्थीलाई सुरुमा ज्वरो नाप्ने काम हुनेछ ।
तापक्रममा केहि तलमाथि भएमा सुरक्षित तरिकाले अर्को कोठामा राखेर परिक्षा लिने तयारी छ । स्यानिटाइजरको व्यवस्था छ । मास्क अनिवार्य गरिएको छ । सकेसम्म भौतिक दूरी कायम गरिनेछ । ६०÷७० जनासम्म अटाउने कोठा छ तर ३० जना मात्रै एउटा कोठामा राखिनेछ । शिक्षक सन्जेलका अनुसार एक बेन्च एक परिक्षार्थी राखेर परिक्षा लिने तयारी छ । त्यस्तै कोरोना संक्रमित विद्यार्थी परिक्षामा सहभागी भएमा सुरक्षा मापदण्ड अपनाएर परिक्षा लिने योजना बनेको छ ।
यसबारे राष्ट्रिय परिक्षा बोर्डको आवश्यक सूचना तथा निर्देशन नआएको तर आफूहरुले तयारी गरेको शिक्षक सन्जेलले बताउनुभयो । ‘कोहि पनि कोरोना संक्रमित विद्यार्थी आउनु भयो भने पनि अरु संक्रमित नहुने गरी सुरक्षा प्रणाली अपनाएर परिक्षा लिने योजना बनाएका छौ ।’ उहाँले कागेश्वरी खबरलाई भन्नुभयो,‘राष्ट्रिय परिक्षा बोर्डको निर्देशिका अनुसार काम गर्नेछौ ।’ संक्रमितबाट पनि परिक्षाको मर्यादा पालन गरेर परिक्षा लिने तयारी भैरहेको विद्यालयहरुको दाबी छ ।
शिक्षक भोला ओझा : जनमैत्री कलेज कुलेश्वर काठमाण्डौ
परिक्षामा सहभागी हुने विद्यार्थीले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । विद्यार्थीले मास्क लगाउनुपर्छ । कारणबस मास्क नभए विद्यालयले नै उपलब्ध गराउने व्यवस्था छ । जनमैत्री कलेजका शिक्षक ओझा भन्नुहुन्छ,‘हाम्रो कलेजले स्वास्थ मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड ध्यानमा राखेर परिक्षा लिने व्यवस्था मिलाएको छ ।
एउटा बेन्च एकजना विद्यार्थी राख्ने र अर्को बेन्च खाली राख्ने गरि भौतिक दुरीको पालना गरिनेछ । एउटा कोठामा बढिमा जम्मा १४ जना मात्रै विद्यार्थी राख्ने तयारी छ । मास्क र फेस सिल पनि अनिवार्य छ । त्यस्तै कलेज छिर्नुअघि ज्वरो नाप्ने व्यवस्था छ । सेनिटाईजर मेसिन र हात धुने ठाउँ तथा साबुनको व्यवस्था छ ।’
तापक्रममा केहि तलमाथि भएमा सुरक्षित तरिकाले अर्को कोठामा राखेर परिक्षा लिने तयारी छ । स्यानिटाइजरको व्यवस्था छ ।
स्वास्थ्य सुरक्षा र आवश्यक बन्दोबस्त
विद्यार्थीलाई स्वास्थ निर्देशन दिनको लागि जनमैत्री कलेजले रेकर्ड गरिराखेका जानकारी छन् । त्यसै अनुसार आवश्यक निर्देशन हुनेछ । विद्यार्थीहरुले आफ्ना लागि पानी आफै ल्याउनुपर्नेछ । परिक्षा अवधिभर नर्स र एक डाक्टर स्वास्थ जाँचको लागि ब्यवस्था छ । टोलीले विद्यार्थी आवश्यक मनोपरामर्श पनि दिनेछ । केही समस्या भैहाले विद्यार्थीले डाक्टरसंग कुरा गर्न सक्नेछन् ।
प्रबन्ध निर्देशक विष्णु पराजुली : एडभान्स एकेडेमी कुमारीपाटी ललितपुर
एडभान्स एकेडेमी कुमारीपाटी ललितपुरका प्रबन्ध निर्देशक विष्णु पराजुलीका अनुसार सरकार र परिक्षा बोर्डले निर्देशन गरे अनुसार स्वास्थ मापदण्ड अपनाएर परिक्षा लिने तयारी छ । कलेजमा विद्यार्थी प्रवेश गर्ने ठाउँमा हेल्थ बुथ स्थापना हुन्छ । त्यहाँ कार्यरत स्वार्थकर्मी एवं अन्य सुरक्षाकर्मिहरुले विद्यार्थीहरुको ज्वरो नाप्ने, मास्क लगाए या नलगाएको हेर्ने, सेनिटाइजर लगाउनु भनिनेछ ।
त्यस्तै गरि परिक्षा दिने विद्यार्थीहरुको लागि फेस सिल अनिवार्य छ । एउटा कोठामा २० जना तर कम्तीमा २ मिटर दुरी फरक हुनेछ । विद्यार्थी र त्यहाँ परिक्षा कसरी भैरहेको भनेर हेर्ने पर्यवेक्षक, शिक्षक, कर्मचारीको स्वास्थलाई पनि प्राथमिकतामा राखेका छौ ।
प्राचार्य अजय अधिकारी : समता कलेज बौद्ध
समता कलेज बौद्धका प्राचार्य अजय अधिकारी भन्नुहुन्छ,‘सरकारले भने अनुसार कै सबै निर्देशनलाई मानेर परीक्षा लिने तयारी हुँदैछ । केही विद्यार्थीले आफूलाई पायक पर्ने काठमाण्डौ बाहिरकै विद्यालयहरुबाट पनि परीक्षा दिँदै छन् । अरु धेरैजसो विद्यालयमा भौतिक रुपमा उपस्थित भएर परीक्षा दिँदै छन् । हाम्रो प्रमुख उद्देश्य भनेको कोरोनाको संक्रमण फैलन नदिई विद्यार्थीहरुको परीक्षा लिनु हो ।’
प्राध्यापक मोतीराम फुयाल ः कुटुम्ब कलेज जोरपाटी काठमाण्डौ
कक्षा १२ को परिक्षा तयारीबारे कुटुम्ब कलेज जोरपाटीका प्राध्यापक मोतीराम फुयाल भन्नुहुन्छ,‘राष्ट्रिय परिक्षा बोर्डले जारी गरेको निर्देशिका अनुसार नै मापदण्ड पूरा गरेर परिक्षाको तयारी हुँदैछ । सरकार र परिक्षा बोर्डको निर्देशन अनुसार कलेजहरुले तयारी गरे जति नि पुग्छ । यसमा स्वास्थ जाँच, भौतिक दुरी कायम र माक्र्स तथा सेनिटाईजरको प्रयोग जस्ता कुराहरु छन् ।’
डिपार्टमेन्ट प्रमुख विष्णु ज्ञवाली ः सरस्वती माध्यमिक विद्यालय (बज्र ईन्टरनेशनल कलेज) जोरपाटी
सरस्वती माध्यमिक विद्यालय (बज्र ईन्टरनेशनल कलेज) जोरपाटीका हेड अफ दि डिपार्टमेन्ट विष्णु ज्ञवालीका अनुसार परिक्षा नियन्त्रण कार्यालय सानोठिमीको निर्देशन अनुसार नै कक्षा १२ को परिक्षा मंसिर ९ मंगलबारदेखि सुरु हुँदैछ । यो परिक्षाका लागि परिक्षा बोर्डको निर्देशिका अनुसार माक्र्स, फेससिड, पन्जा तथा भौतिक दुरीको प्रयोग गरेर स्वास्थ मापदण्ड पूरा गर्दै सुरक्षा अपनाएर परिक्षा लिने तयारी छ ।
४० पुर्णाङ्कको भएकाले १ घण्टा ३० मिनेटमा परिक्षा सकिनेछ । २ वटा बिद्यालयको भवन भएका कारण प्रयाप्त ठाउँ छ । एक बेन्च एक विद्यार्थी र दुरी कायम हुनेछ ।












