Ad #144479

काठमाडौं । मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

ज्योतिषशास्त्रका अनुसार मानिसको साल,महिना,गते,जन्म समय,तिथी,बार,योग,करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ ।

कुन बार जन्मेका मानिसहरु कस्ता स्वभावका हुन्छन् र उनीहरुको चरित्रको विषयमा थाहा पाउन सकिन्छ। आइतबार जन्मिएको मानिसको स्वभाव र आचरण कस्तो हुन्छ:

१. आइतबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
४. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
५. आइतबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
६. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
७. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
८.आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् ।
९. अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
१०. निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् ।