४ मङ्सिर,काठमाडौँ। निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीनजना पक्राउ परेका छन्।
घटनामा संलग्न १९ वर्षीय सफिल खत्री, १८ वर्षीय विशेष जोशी र अर्का एक किशोरलाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसर भक्तपुरकी एसपी तारादेवी थापाले बताए ।
भक्तपुर नगरपालिका–२ टौमढीबाट १८ वर्षीय विशेष जोशीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । भक्तपुर प्रहरीका अनुसार टिकटकमा भिडियो अपलोड गरेको आरोपमा जोशीलाई नेपाल प्रहरीको साइबर ब्यूरोको समन्वयमा पक्राउ गरिएको हो ।
सफिलले स्कुटर चलाएका र उनको पछाडि बसेका विशेषले श्रेष्ठमाथि लैंगिक विभेद् गर्दै अपशब्द प्रयोग गरेको भिडियो खिचेका थिए। उक्त घटना मङ्सिर २ गते हो।
प्रहरीको अनुसन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अपशब्द बोल्दै भिडियो खिचेको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ । प्रहरीको साइबर ब्यूरोले यसबारेमा थप अनुसन्धान गरिरहेको बताइए।
‘निकिशा’ श्रेष्ठमाथि सडकमा भएको दुर्व्यवहारबारे छानबिन र कारबाही गर्न हेडक्वार्टरको पत्र
निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिक टकमा अपलोड गर्ने युवक पक्राउ












