काठमाडौं । टिकटक स्टार ‘निकिशा’ श्रेष्ठमाथि सडकमा अपशब्द प्रयोग गरी एक समूहले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आवश्यक छानबिन तथा कारबाही गर्न साइबर ब्युरोले निर्देशन दिएको हो ।
श्रेष्ठलाई सडकमै अपशब्द प्रयोग गरी एक समूहले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त दुर्व्यवहार राजधानीको कुन ठाउँमा भएको हो भन्ने यकिन भइसकेको छैन।
उक्त भिडियोमा आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले सो समूहलाई लखेट्न खोजेको देखिन्छ। मोटरसाइकलमा रहेको समूहले श्रेष्ठलाई दुर्व्यवहार गरेको आशंका गरिएको छ। निकिशा श्रेष्ठ तेस्रोलिङ्गी हुन । पहिले निकेश नाम भएकी उनी अफूलाई निकिशा भन्दै केटी भनेर चिनाउन चाहन्छीन ।
केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतका अनुसार श्रेष्ठलाई सडकमा अपशब्द बोल्दै गरिएको दुर्व्यवहारको विषयमा गुनासो आएपछि छानबिन थालिएको एसएसपी कुवेर बताए । उनले भने, ‘साइबर ब्युराले यस विषयमा अध्ययन गरिरहेको छ ।’
@NepalPoliceHQ Please arrest these harassers. Heartbreaking and infuriating to watch. Nikisha deserves to live a life of dignity. This is too much. pic.twitter.com/AUdtCUcXbc
— Samriddhi Rai (@samriddhirai13) November 17, 2020









