Ad #144479

असोज १७, पछिल्लो २४ घण्टामा देशभर २१२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२९७८ जनामा पीसीआर परीक्षण हुँदा २१२० जनामा काेराेना संक्रमण पुष्टि भएको बताउनुभयो ।

यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् ।