असोज ८ , काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कुल कोरोना संक्रमिको संख्या ६९ हजार ३ सय १ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ।












