असोज ७, पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।












