भदाै ३०, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना कोरोना संक्रमित थपिएका हुन्।
आज कोरोनाबाट थप ११ जनाकाे ज्यान गएको छ । यससँगै काेराेनाबाट ज्यान गुमाउनेकाे कुल संख्या ३७१ पुगेको छ। यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।
आज १ हजार ४ सय ५९ जना संक्रमित थपिएपछि अहिलेसम्म काेराेना संक्रमितकाे संख्या ५६ हजार ७ सय ८८ पुगेकाे हाे ।
स्वास्थ मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।









