देशभर काेराेना संक्रमित ५६ हजार ७ सय भन्दा धेरै पुगे

भदौ ३०, काठमाडौं ।देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । आज १ हजार ४ सय ५९ जना संक्रमित थपिएपछि अहिलेसम्म काेराेना संक्रमितकाे संख्या ५६ हजार ७ सय ८८ पुगेकाे हाे ।

स्वास्थ मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

यसैबीच आज कोरोनाबाट थप ११ जनाकाे ज्यान गएको छ । यससँगै काेराेनाबाट ज्यान गुमाउनेकाे कुल संख्या ३७१ पुगेको छ।

[sidebar name="button post"]