भाद्र १९, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
[sidebar name="button post"]









