अर्थमन्त्री खतिवडा ७२ घण्टामा पदमुक्त हुदै

१८ भदौ, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा संविधानत आगामि आइतबार राति १२ बजेसम्मका लागि मात्रै अर्थमन्त्री रहन पाउनुहुने छ । उहाको पछिल्लो समयको ६ महिने कार्यकाल सकिन आँटेको हो ।

अर्थमन्त्री खतिवडा ०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भइ सपथ ग्रहण लिनुभएको थियो । उक्त मितीले भदौ २१ गते राति १२ बजे उहाको ६ महिने पदावधि समाप्त हुन्छ ।

उहा केपी ओली नेतृत्वको सरकारमा करिब अढाइ वर्ष अर्थमन्त्री भएर पहिलो कार्यकाल फागुन २० गते सांसद पद समाप्त भएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो । त्यसको भोलिपल्टै पुनः २१ गते अर्थमन्त्रीमा नियुक्त हुनुभएको उहाको दोस्रो कार्यकाल भदौ २१ गते सकिदै छ ।

संविधानत अर्थमन्त्री खतिवडा मन्त्री पदमा बस्न नमिल्ने भएपनि प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा रहेको रिक्त पदमा खतिवडालाई नियुक्त गर्ने र अर्थमन्त्रीमा निरन्तरता दिने ईच्छा प्रकट गनुभएको छ । भने पार्टी उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जाने चाहना प्रकट गरेकाले समस्या पैदा गरेको छ ।

[sidebar name="button post"]