७ भदौ, काठमाडौं। दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल एयरलाइन्स को वाइडबडी ए–३३० चार्टर्ड जहाज त्यसतर्फ उडेको छ ।
दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका रहेकोे निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो ।
उक्त दिन दुबईबाट काठमाडौँ उडानका लागि टिकट लिइसकेका यात्रुका लागि आज उडान गरिएको निगमले जनाएको छ । त्यस दिन काठमाडौँबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको थियो ।









