कोरोना महामारी बीच पहिलो महिनामा ६१ अर्ब राजस्व संकलन

३ भदौ, सरकारले कोरोना महामारीले थलिएको अवस्थामा पनि सन्तोषजनक राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा पनि गत वर्षको पहिलो महिनाकै हाराहारीमा राजस्व संकलन गर्न सफलभएको छ ।

आर्थिक वर्ष २०७६/७७ भदौ २ सम्म ६९ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ राजस्व उठेको थियो भने कोरोनाले प्रभावित वनाएको यस वर्ष त्यसकै हाराहारीमा २ भदौ (मंगलबार)सम्म कुल ६१ अर्ब ३७ करोड ८५ लाख रुपैयाँ राजस्व उठेको छ।

सरकारले यस वर्ष कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

[sidebar name="button post"]