साझा प्रकाशनको राष्ट्रकविप्रति श्रद्धाञ्जलि

साझा प्रकाशनले आफ्नो मातृसंस्था नेपाली भाषा प्रकाशिनी समितिमा रही अमूल्य योगदान दिनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको देहावसान दुःख व्यक्त गरेको छ ।

आफ्नो जागिरे जीवनको शुरुवात संस्थाबाट गरेको र संस्थाको गतिशीलताका लागि आफू सदैव प्रयत्नशील रहने उहाँका अभिव्यक्तिलाई सबै कर्मचारीले सदैव स्मरण गरिरहने प्रकाशनले जनाएको छ ।

संस्थाले शोकसभा आयोजना गरी आफ्ना अग्रज एवं कालजयी कवि घिमिरेलाई स्मरण ग¥यो । संस्थाले उहाँका एक दर्जनभन्दा बढी कृति प्रकाशन गरेको छ ।

महाप्रबन्धक होमप्रसाद गौतमले घिमिरे आफूहरुमाझ सदैव जीवित रहने बताउँदै आफ्ना पूर्वजका सम्मानमा संस्थाले आधा दिन बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

[sidebar name="button post"]