नेपालको झण्डा जलाएर भिडीयोमा अभिनय गर्नेको खोजी तीव्र

मंगोल ग्याल्ज ली नाम गरेका र्यापरले आफै रचना गरी तयार पारेको गीतको म्यूजिक भिडियोमा नेपालको झण्डा जलाएको दृष्य देखाइएको छ।

मङ्गोल हप अफिसियल युट्युब च्यालनमा अपलोड भएको भिडिओमा विभिन्न समुदायलाई अश्लिल भाषामा गाली गरिएको छ ।भिडियोमा नेपालको झण्डामा आगो लगाएको देखिन्छ । भिडियो श्री विष्णु आधारभूत विद्यालय, वाग्मती गाउँपालिका वडा नम्बर तीन सल्लेनीमा छायाँकन भएको देखिएको छ ।

बाहुन–क्षेत्रीलाई आदिबासीको ‘दुश्मन’ का रुपमा प्रस्तुत गरिएको गीतको नाम ‘देशद्रोही’ रहेको छ।

देशको झण्डा जलाएको र समुदायलाई भड्काउने हिसाबले आएको भिडियो युट्युबबाट हटाएर गायकलाई कारबाहीको माग उठेको छ । सामाजिक सञ्जालमा भिडियोको सर्वत्र विरोध भइरहेको छ ।

नेपाल प्रहरीले गायक र भिडियोमा अभिनय गर्नेको खोजी तीव्र पारिएको जनाएको छ । मङ्गलबार बिहानै जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरीका अन्य निकायलाई पनि गायक र भिडियोमा देखिएका अन्यको खोजीको लागि सर्कुलर भइसकेको छ।

[sidebar name="button post"]