२६ साउन, कोरोना भाइरसको महामारीबीच नेपालमा पाँच महिनामा ११ अर्ब २९ करोड भन्दा धेरै मूल्यको औषधि र यसका कच्चा पदार्थ आयात भएको छ ।
लकडाउन सुरु भएको चैत्र ११ देखि साउन २५ गतेसम्म ८ अर्ब ५९ करोड ६३ लाख ७१ हजार रुपैयाँ बराबरको तयारी औषधि र दुई अर्ब ६९ करोड ५२ लाख ५६ हजार रुपैयाँ बराबरको औषधिका कच्चा पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।
श्रावण २५ गतेसम्म मात्रै ३७ करोड ३० लाख ४ हजारको तयारी औषधि र २४ करोड ९१ लाख एक हजारको औषधिको कच्चा पदार्थ नेपाल भित्रिएको विभागले जनाएको छ ।
[sidebar name="button post"]









