२२ साउन, काठमाडौं । हिजो उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित अजैपनि स्वास्थ्यकर्मीको सम्पर्कमा आएका छैनन् ।
बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर भएकोमा तीमध्ये ८ जना सम्पर्कमा आएपनि अझ्mै ८ जना संक्रमित सम्पर्कमा नआएको इपिडेमियोलोजी तथा रोग नियण्त्रण महाशाखाले जनाएको छ ।
सम्पर्क गर्न खोजेपनि कसैको फोन अफ र कसैको फोन नउठेको इपिडेमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका केस म्यानेजमेन्ट संयोजक बताउनुभयो । सम्पर्कमा नआउनेमा तराईका जिल्लाबाट आएका संक्रमितहरु छन् ।
‘यसअघि पनि यस्ता घटना भएको र पछि आफैं सम्पर्कमा आएको इपिडेमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका केस म्यानेजमेन्ट संयोजकले बताउनुभयो ।