पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना संक्रमण

साउन २२, पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३३ जनाले कोरोनालाई जितेका छन् । यो सँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ ।

नेपालमा अहिले कोरोनाका ६ हजार २ सय ९६ जना सक्रिय संक्रमित छन् । गएको २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पिसिआर विधिमार्फत स्वास्थ्य परीक्षण गरिएको छ ।

अहिलेसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पिसिआर भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।