प्रचण्डको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा कोरोना पुष्टि

२२ साउन, काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरीको अस्पताल, महाराजगञ्जमा गरिएको पि सि आर परीक्षणमा ६ जना सुरक्षाकर्मीहरु संक्रमण देखिएको हो ।अध्यक्ष प्रचण्ड सचिवालय स्रोतका अनुसार संक्रमित सुरक्षाकर्मीहरु पहिलो घेराका नभएको पाइएको छ । संक्रमितमा सुरक्षाकर्मीहरु उहाको घरको सुरक्षार्थ खटिएकोहरु छन् ।