राजनितिक भेटघाटमा व्यस्त चिनिया राजदुत

साउन १३ , काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६३ औँं वर्ष गाँठको अवसरमा भेट भएको नेता पौडेलको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा उहाँहरुबीच बिपी कोइराला र माओत्से तुङ्कका पालादेखिको काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्बन्ध तथा चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सहयोग गर्ने बारेमा छलफल भएको थियो ।