साउन ११ गएको २४ घण्टामा एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८ हजार ६ सय ८३ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा ७५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या १३ हजार १ सय २८ जना पुगेको छ । नेपालमा अब ५ हजार ४ सय ४० जना कोरोना संक्रमित आइसोलेसनमा उपचार गराइरहेका छन् ।
१७ हजार ९ सय ३ जना क्वरेण्टीनमा रहेका छन् । नेपालमा अहिलेसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।