साउन ११ , काठमाडौं । तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्या उपचारमा सरकारले सहयोग गर्ने स्वास्थ्या तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बताउनुभयो ।
मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको हो।
“तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ , घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।” मन्त्री ढकाल साथै उहाँले चिकित्सकसित उपचारबारे जानकारी पनि लिनुभएको थियो ।
भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले तेजाब छ्याप्न लगाएका थिए ।
पीडित युवतीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेतले बताउनुभयो । “पहिलाभन्दा अहिले घाउ ठीक हुँदै गएको छ”, उहाँले भन्नुभयो । तेजाबा प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ ।