८ साउन । अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ । युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी न्युयोर्कका बासिन्दालाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन भन्नुभएको हो ।
अमेरिकाका संक्रामक रोग विशेषज्ञहरुले अमेरिकी राज्य र स्थानीय सरकारका नेतासमक्ष नागरिकहरूलाई मास्क प्रयोग गर्नुपर्ने आदेश दिन माग गरेका थिए । उनीहरुको यो प्रयासपछि न्युयोर्कका मेयरको यो आदेश आएको बताइएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सामाजिक दूरीको पालना र मास्कको प्रयोगमा न्युयोर्कका मेयरले जोड दिदै आउनुभएको छ ।अमेरिकामा मास्क प्रयोग गर्ने विषय शुरुदेखि नै एक प्रकारको राजनीतिक मुद्दा बनेको छ । मास्क प्रयोग र सामाजिक दूरी कायम गर्नुपर्ने कुरामा त्यहाँ विभाजन देखिदै आएको छ ।
अमेरिकामा कोरोनाबाट विश्वका अरु देशभन्दा सबैभन्दा बढी मानिस प्रभावित भएका छन् । हाल अमेरिकामा मात्र ४१ लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।