साउन ८, वीरगञ्ज । वीरगञ्ज माईस्थान घर भएका एकजना ७० वर्षीय कोरोना संक्रमित श्याम नारायण वर्णवालकोको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
श्वासप्रश्वासमा समस्या देखा परेपछि सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवाललाई नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । गण्डक कोभिड अस्पतालको अनुसार उनको मंगलबार दिउँसो एक बजेतिर मृत्यु भएको हो ।
गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहका अनुसार वर्णवालको मृत्युपछि स्वाब संकलन गरि पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिए पछि कोरोना संक्रमणबाट मृत्य भएको पुष्टि भएको हो।
मृतकमा यसअघि छाती, मुटुको समस्या नभएको, ट्राभल हिष्ट्री पनि नभएको, तर कोरोनाकै कारण मृत्यु भएको त्यसैले कोरोना कम्युनिटी लेभलमा गइसकेको छ । एडभान्स अस्पतालमा मात्रै ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
स्थिति एकदमै कठिन बन्दै गएकाले वीरगञ्जमा लकडाउनका लागि सिफारिस गरिएको छ ।