लकडाउन खूलेपनि सभा, सम्मेलन र भेला भने अभै पनि गर्न नपाईने

श्रावण ७ काठमाडौँ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन गएराति १२ बजेदेखि अन्त्य भएको छ । सरकारले आज देखि सरकारी कार्यालयहरू सामान्य अवस्थामा खोल्ने र गाडीको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको छ ।

साउन १५ देखि ट्रेकिङ, ट्राभल र पर्वतारोहरण सहित होटेल व्यवसाय पनि सुचारु हुनेछन् भने भदौ १ देखि लामो दूरीको सार्वजनिक गाडी तथा हवाई सेवा खोल्ने सरकारले निर्णय गरेको छ ।

रोकिएका परीक्षा सञ्चालन पनि भदौ १ देखि सुचारु हुन निर्णय भएको छ । तर, स्कुल र कलेजमा पठनपाठन भने अर्को निर्णय नभएसम्मका लागि रोकिएका छन् । पार्टी प्यालेस, सिनेमा हल, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन(ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, समूहमा खेलिने खेलकुद, हेल्थ क्लब, धार्मिक क्षेत्र, पुस्तकालय, सभा र भेला, सङ्ग्रहालय तथा चिडियाखाना र अन्तर्राष्ट्रिय नाका भने खुल्ने छैनन् ।

लकडाउन अन्त्य भए पनि सावधानी अपनाउँदै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न सरकारले आग्रह गरिएको छ ।