रानीपोखरीमा बोरिङको पानी खसालेपछि विरोध

रानीपोखरीमा बोरिङको पानी खसालेपछि विरोध भएको छ । पोखरीमा त्रिचन्द्र कलेजमा रहेको दुईवटा बोरिङबाट पानी खसालिएको छ । तर सम्पदा बचाउ अभियन्ताले आकासे पानी संकलण गरी पोखरीमा राख्नुपर्ने भन्दै विरोध गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संरक्षणको नाममा ऐतिहासिक सम्पदाको नास गर्न नमिल्ने अभियन्ताको भनाई छ । रानीपोखरी पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ ।

पुनर्निर्माण भैरहेको र पोखरीमा कामदारले बिना जानकारी बोरिङको पानी खसालेका प्राधिकरणले जनाएको छ । बोरिङको धमिलो पानी बाहिर निकालेको रानीपोखरीको पुनर्निर्माणको काम हेदै आएका प्राधिकरणकाका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिनुभयो ।

[sidebar name="button post"]