नीजि बिद्यालय संचालकहरुले आजदेखी सबै सिकाइ क्रियाकलाप बन्द गर्ने निर्णय

नीजि बिद्यालय संचालकहरुले आजदेखी सबै सिकाइ क्रियाकलाप बन्द गर्ने निर्णय गरेपनि सरकारले भने निरन्तरता दिने नीजि बिद्यालय संचालकहरुले आजदेखी सबै सिकाइ क्रियाकलाप बन्द गर्ने निर्णय गरेका छन् । नीजि विद्यालय संचालकहरुले अनलाइन शिक्षा आजदेखि बन्द गरेर सबै शिक्षकलाई बेतलबी बिदामा राख्ने निर्णय गरेपनि सरकारले भने बैकल्पिक शिक्षालाई निरन्तरता दिने जनाएको हो ।

यसअघिदेखि नै रेडियो, टेलिभिजन तथा अनलाईनबाट पढाइरहेको सरकारले आजदेखि पढाई हुने तालिका समेत सार्वजनिक गरेको छ । त्यही तालिका अनुसार विद्यार्थीले समय मिलाएर आफुलाई अनुकुल प्रविधिबाट पढ्न सक्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डाक्टर तुलसीप्रसाद थपलियाले बताउनुभयो ।