सरकारले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७६ द्धारा विभिन्न स्रष्टालाई सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सिंहदरबारमा एक कार्यक्रमबीच वरिष्ठ नाटककर्मीहरु रामहरि गुरुङ, हस्तबहादुर थापा, प्रचण्ड मल्ल, कुमार बस्नेत, नीर शाह र नारायणदेवी प्रधानलाई पुरस्कृत गरेको हो ।
पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ । ती सबै पुरस्कार पर्यटनमन्त्री भट्टराईले समर्पण गर्दै नेपाली नाट्य सङ्गीत क्षेत्रको प्रवद्र्धनका निम्ति पुरस्कारले हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनमा भएको उक्त कार्यक्रममा मन्त्री भट्टराईले विभिन्न स्रष्टाहरूको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई प्रदान गरिएको बताउनुभयो ।
[sidebar name="button post"]