काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेका छन् ।
सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेको मुद्दामा विपक्षमा बहस गरिरहेका अधिवक्ता त्रिपाठीलाई बुधबार बबरमहलस्थित जिल्ला अदालत काठमाडौं परिसरमा कुटपिट गरेपछि आपत्तिजनक नारा पनि लगाएका छन्।
‘मैले सहकारीपीडितको तर्फबाट अदालतमा बहस गरिरहेको छु’, त्रिपाठीले कुटाई खाएपछि सञ्चारकर्मीसँग भने, ‘ममाथि अदालत परिसरमै हातपात र कुटपिट भएको छ । कुटपिट गर्नेले मेरो झोलासमेत खोसेर लगेका छन् । ’
त्रिपाठीले सहकारीपीडितहरूको तर्फबाट बहस गरिरेका छन् । उनले अदालतमा बहस गरेर निस्किँदै गर्दाको समयमा रविका कार्यकर्ताको कुटाई खाएका हुन् ।
[sidebar name="button post"]









