काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार चुनावी वाचापत्र सार्वजनिक गर्ने भएको छ । रवि लामिछाने नेतृत्वको सो पार्टीले भोलि कमलादीस्थित प्रज्ञा भवनबाट वाचापत्र सार्वजनिक गर्ने भएको हो ।
चुनावमा मतदाता आकर्षित गर्न अन्य पार्टीले सार्वजनिक गरेका घोषणापत्र जस्तै स्वतन्त्र पार्टीले पनि वाचापत्रका नाममा मतदाता तान्न खोजेको हो।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले घोषणापत्र आफ्नो पार्टी कार्यालयबाट सार्वजनिक गरेका थिए । एमालेले हिजो राजधानीको पाँच तारे होटलमा कार्यक्रम आयोजना गरेर सार्वजनिक गरेको हो । लामिछानेले भने प्रज्ञा भवन कमलादी रोजेको छ ।

[sidebar name="button post"]









