आयोगको उम्मेदवारी खारेजविरूद्ध सर्वोच्च जाँदै तोसिमा

काठमाडौं: निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजविरुद्ध डा. तोसिमा कार्की सर्वोच्च अदालत जाने भएकी छन्।

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि आयोगको निर्णयविरूद्ध कार्की सर्वोच्च अदालत जाने भएकी छन्।

उनले उम्मेदवारी दर्ताका लागि पदबाट राजीनामा दिए पनि चिकित्सक संघको केन्द्रीय सदस्यको रुपमा रहेको र त्यहाँबाट बैठक भत्ता बुझ्ने गरेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

त्यस्तै उनले गत भदौ २८ मा पत्र लेखेर काउन्सिलको सदस्य पद लाभको पद हो वा होइन भन्नेबारे आयोगलाई लिखित सोधेको  र आयोगले कुनै पनि जवाफ नदिएको बताएकी छिन्।

२०७९–०५–२८ मितिमा (मनोनयनको २५ दिन अगाडी नै) एक सचेत र जिम्मेवार उम्मेदवारको भुमिका निभाउदै निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन समेत दिएको थिएँ (तस्विरमा पढ्नुहोस्) तर निर्वाचन आयोगले सो निवेदनलाई जवाफ दिन आवश्यक पनि मानेन । यसैले कानुनमा जरुरी नभएको तथा ४ हजार जति सदस्यहरुको मतले नीतिनिर्माणमा पुगेकोले ति मतहरुलाई घात नगर्न पनि मैले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिन हुन्न भन्ने मेरो निष्कर्ष रह्यो ।

[sidebar name="button post"]