युक्रेनको राजधानी कीभमा सोमवार बिहानै तीनवटा विस्फोट

एजेन्सी: युक्रेनको राजधानी कीभमा सोमवार बिहान कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ। हवाई आक्रमणका साइरन बजेलगत्तै ति विस्फोटहरु सुनिएको बीबीसीले उल्लेख गरेको छ।

मेयर भिटाली क्लिट्स्कोले केन्द्रीय शेभचेन्किभ्स्की क्षेत्रका आवासीय भवनहरू क्षतिग्रस्त भएको बताए। उद्धारकर्ताहरू घटनास्थलमा रहेको र स्थानीय बासिन्दाहरूलाई हवाई आक्रमणको आश्रयस्थलमा बस्न भनिएको जानकारी दिए।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यर्माकले आक्रमण कथित ‘कामिकाजे ड्रोन’बाट भएको बताएका छन्।

स्थानीय समय अनुसार बिहान ७:०० बजे विस्फोट भएको उक्त शहरमा रहेका बीबीसीका संवाददाता पल एडम्सले जानकारी दिएका छन्। तीमध्ये एक विस्फोट सिटी सेन्टर नजिकै सुनिएको बताइएको छ।

व्यस्त समसमा राजधानी कीभमा रसियाली मिसाइलहरूले आक्रमण गरेको एक हप्ता पछि यी विस्फोट भएका हुन्। उक्त मिसाइल आक्रमणमा १९ जनाको मृत्यु भएको थियो।

[sidebar name="button post"]