भारतीय कांग्रेसको अध्यक्ष पदका लागि आज चुनाव हुँदै

एजेन्सी: भारतीय कांग्रेस अध्यक्ष पदका लागि आज बिहान १० बजेबाट निर्वाचन हुँदैछ ।  भारतीय कांग्रेसको इतिहासमा पहिलोपटक अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

कांग्रेस अध्यक्ष पदका लागि देशभर ४० वटा मतदान केन्द्र निर्धारण गरिएको छ । झन्डै ९ हजार ८ सय मतदाताले मतदान गर्दैछन् ।

 कांग्रेसको अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । शशि थरूर र मल्लिकार्जुन खड्गे आगामी अध्यक्षका प्रत्यासी रहेका छन् । आज सम्पन्न हुने मतदानको नतिजा भने पर्सि राजधानी दिल्लीको अकबर रोड स्थित पार्टी मुख्यालय घोषणा गरिने बताइएको छ । मतदान प्रक्रिया भने आज साँझ ४ बजेसम्म चल्ने बताइएको छ ।

[sidebar name="button post"]