सन्तोषीलाई १० हजार मिटरमा स्वर्ण पदक

पोखरा: बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लक्सिको १० हजार मिटरमा स्वर्ण पदक जितेकी छिन् ।

श्रेष्ठले बगमतीलाई स्वर्ण दिलाएकी हुन् । उनले पोखरा रंगशालामा शनिबार निर्धारित दुरी ३६ मिनेट १२ दशमलब ३६ सेकेन्डमा पूरा गरिन् । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । विभागीय टाेली नेपाल पुलिस क्लबकी राजपुरा पछाईले ३६ मिनेट २९ दशमलब ४५ सेकेन्डकाे समय निकाल्दै  रजत पदक हात पारिन् ।

स्वर्ण जितेपछि सन्तोषीले आफू स्वर्णकै लागि दौडिएको बताइन् । उनले भनिन्, ‘म स्वर्णको लागि नै दौडिएकी थिएँ । सोचेजस्तै भयो । मेरो यो स्वर्ण बागमती प्रदेशलाई समर्पण गर्न चाहन्छु ।’ सन्तोषीले अन्तिम राउण्डमा मात्रै राजपुरालाई उछिनेकी थिइन् । उनी २४ राउण्डसम्म राजपुराभन्दापछि दौडिएकी थिइन् । भन्छिन्, ‘मेरो मन र दिमागले अगाडि बढ्न दबाब दिइरहेको थियो । तर खुट्टाले साथ दिएन ।’

अर्काे विभागीय टाेली नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारीले ३७ मिनेट ४ दशमलब २ सेकेन्डकाे समय निकाल्दै रजत पदक जितन् ।

[sidebar name="button post"]