काठमाडौं: नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले बिजयी शुरुआत गरेको छ ।
पोखरामा शुक्रबारदेखि शुरु भएको खेलमा गण्डकीले वागमती प्रदेशलाई पराजित गर्दै बिजयी शुरुआत गरेको हो । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा भएको खेलमा गण्डकीले वागमतीलाई ३–१ सेटमा हरायो ।
यद्यपि, समूह ‘डी’ मा गण्डकी र वाग्मती मात्रै रहेकोले दुवै टिमले क्वाटरफाइनल चरण प्रवेशलाई सुनिश्चित बनाइसकेका छन् । दुई टिमले समूह विजेता बन्न प्रतिस्पर्धा गरेका हुन् ।
पहिलो सेट २५–२० ले परिणाम हात पारेको गण्डकीले दोस्रो सेट भने १५–२५ ले वाग्मतीलाई सुम्पियो । तेस्रो र चौथो सेटमा गण्डकीले मौका दिएन । तेस्रो सेट २५–१८ ले जित हात पार्दा चौंथो सेट सहज प्रतिस्पर्धामा २५–१४ ले गण्डकी विजयी भयो ।
[sidebar name="button post"]











