काठमाडौं : नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगी बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ। २०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगीका बिरामी नेपालमा भेटिएका हुन्।
डेंगीका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हाल देशको सातै प्रदेशअन्तर्गतका ७६ जिल्लामा डेंगी फैलिएको छ।
[sidebar name="button post"]









