२४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३५ एन्टीजेन परिक्षण गर्दा ९ गरी जम्मा ४४ जना नयाँ संक्रमित थपिएका हुन् ।

सोहि अवधि २९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २२२ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ८८ हजार ६६६ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५७५ जना रहेका छन् ।

[sidebar name="button post"]