Ad #144479

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको छ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई कोरोना पोजेटिभ भएको हो । राष्ट्रपति भण्डारीलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो।

अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको छ।