उम्मेदवारको विरोधमा आज सूचना दिन सकिने

काठमाडौँ: निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ।

यसका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय रहेको आयोगले जनायो। ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ,’ आयोगले भनेको छ।

उम्मेदवारको विरुद्ध उजुरी, उम्मेदवारी फिर्तालगायतको कार्यक्रमपछि बुधवार अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

[sidebar name="button post"]