काठमाडौँ: आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरू छलफलमा जुटेका छन् ।
त्यसका लागि आज गठबन्धनका दलहरूबीची लोसपाका नेताहरूको छलफल हुँदैछ ।शनिबार बिहानैदेखि नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका हुन् । लोसपाका अध्यक्ष महन्थ ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झालगायत नेताहरू बालुवाटार पुगेका छन् भने कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू छलफलमा सहभागी छन् ।
उक्त छलफलमा लोसपालाई गठबन्धनले दिने सिटबारे छलफल हुने जनाइएको छ । अहिलेसम्मको अवस्थामा गठबन्धनबाट कांग्रेसले पाउने केही सिट कटाएर लोसपालाई दिएर गठबन्धनमा सहभागी गराउने तयारी छ । प्रधानमन्त्री देउवाले यसअघि पनि लोसपालाई गठबन्धनमा सहभागी गराउन प्रयास गर्दै आएका थिए । तर, देउवाको यो प्रयास सफल हुन सकेको थिएन । धेरैले जसपाको असन्तुष्टिका कारण देउवाको प्रयास सफल हुन नसकेको बताउँदै आएका थिए ।
[sidebar name="button post"]









